युएईमा नेपाली चलचित्र ‘शत्रुगते’ प्रदर्शनमा

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका विभिन्न हलमा प््रर्दशन हुने भएको छ ।

नेपाली चलचित्र हलमा व्यावसायिकरुपमा उधुम मच्याउन सफल चलचित्र ‘शत्रुूगते’ को खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई १२ तारिक हुने भएको हो ।

नेपालमा दर्शकले मन पराएको सुपरहिट नेपाली चलचित्र ‘शत्रुुगते’ पछिल्लो समय संयुक्त अरब ईमिरेट्सका दर्शकको सबैभन्दा धेरै माग भएको चलचित्र हो । नेपाली चलचित्रमध्ये उच्च कमाई गर्ने मध्येको ‘शत्रुुगते’ युएईका विभिन्न शहरका १५ सिनेमा हलमा लाग्ने भएको छ ।

चलचित्र १२ जुलाईमा युएईको दुबई, अबुधाबी, अजमान, रसअलखेमा, फुजेरा हल लगायत ठाउँका बिभिन्न सिनेमा हलमा प्रदर्शन हुनेछ ।

नेपाली चलचित्र ‘शत्रुगते’ युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिकरुपमा देशबाहिर नियमित प्रदर्शन हुने वातावरण बनाइएको कम्पनीका युएई प्रतिनिधि रमेश ढकालले बताए ।

‘शत्रुगते’ मह सञ्चारको निर्माण र किरण केसीको प्रस्तुतीमा निर्माण भएको हो । सामाजिक कथामा केन्द्रीत चलचित्र विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।

प्रदीप भट्टराई निर्देशित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका रहेका छन् ।

चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । नेपाल लगायत विदेशमा समेत सफल प्रर्दशन भइसकेको यस चलचित्र यसवर्ष सर्वाधिक कमाई गर्ने दोश्रो ठुलो नेपाली चलचित्र हो ।

युएईमा गत २०१६ अक्टोबर १४ तारिकदेखि नेपाली चलचित्र नियमित प्रदर्शन सुरु भएको थियो । विरविक्रम, छक्कपन्जा, जात्रा, लुट २, सकुन्तला लगायतका नेपाली चलचित्र पर्दशनी भएपछि विभिन्न कारणले युएईमा नेपाली चलचित्र प्रर्दशन स्थगित भएको थियो । पुनः नियमित चलचित्र प्रर्दशनको लागि सम्पूर्ण तयारी सकिएको युएईमा नेपाली चलचित्र प्रर्दशनको बाताबरण मिलाएको कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका राजन अधिकारीले बताए ।

मध्यपूर्वमा नेपाली चलचित्र प्रर्दशनसंगै नेपालमा रहेका नेपालीमाझ मात्र खुम्चिरहेको चलचित्रको बजार अन्तराष्ट्रियस्तरमा फैलाउन मदत पुगेको कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले बताएको छ । देशबाहिर नेपालीको धेरै संख्या खाडी मुलुकमा छ ।

प्रवासमा आफ्नो कला, सांस्कृति र साहित्यतर्फ चासो बढी राख्ने गर्छन । युएईपछि कतार, बहराइन, ओमन लगाएतका देशमा पनि आफ्नो संस्था कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्र प्रदर्शन गर्ने राजन अधिकारीले जनाए ।

सुपरहिट नेपाली चलचित्र ‘शत्रुुगतेको खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई ५ तारिकदेखि प्रर्दशनको तयारी गरेर प्रचारप्रसार गरिरहेको भएपनि विधिध कारणले तयारी नसकिएकाले प्रर्दशन मिति परिवर्तन गरेर जुलाई १२ तारिक बनाइएको कम्पनीका प्रतिनिधि रमेश ढकालले बताएका छन ।

कमेन्ट गर्नुहोस्