ब्रिटेनमै इंग्ल्याण्डको हार र क्रोएसियाको जितको कामना !

असार २६ । ब्रिटेनबाट ओलम्पिकमा भलै एउटै टिम सहभागी हुन्छ । तर फुटबल र रग्बीमा ब्रिटेनका स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डबीच यति ठूलो तिक्तता छ कि रसियामा जारी विश्वकपमा अरु जसले जिते पनि इंग्ल्याण्डले हारोस् भनी कामना गरिरहेका छन् ।

क्रोएसियाका प्रशिक्षक दाबी गर्छन्, ‘मेसी जस्तै ह्यारी केनलाई रोक्दै फाइनल पुग्छौं’

उनीहरुको यो तिक्ततामा परिवर्तन हुने सम्भावना नै छैन भन्दा फरक नपर्ला । भोलि (बुधबार) विश्वकपमा जति बेला सेमिफाइनलको अन्तिम खेलमा फाइनल यात्राका लागि क्रोएसियासँग इंग्ल्याण्ड खेल्नेछ, त्यति बेला यी कुनै पनि देशमा इंग्ल्याण्डको गोलमा हुटिङ हुने छैन भने ताली पनि बज्ने छैन् ।

इंग्ल्याण्ड ब्रिटेनमा सबैभन्दा शक्तिशाली देश हो । अर्थात ब्रिटेनमा इंग्ल्याण्डको सबैभन्दा बढी दबदबा छ । उसँग सबैभन्दा बढी साधनस्रोत छ, धेरै खेलाडी र सफलता पनि उसैलाई मिल्छ । स्कटल्याण्डका पूर्व विम्बलडन च्याम्पियन एण्डी मुरेले २००६ को विश्व कपमा भनेका थिए ‘म इंग्ल्याण्डलाई छोडेर बाँकी टीमको पक्षमा छु । स्कटल्याण्डको द नेशनल पत्रिकामा क्यारोलिन लोकीले लेखेका छन् ‘म यो सेमिफाइनलमा क्रोएसियाको पक्षमा छु ।’

आज फ्रान्स र बेल्जियमको भिडन्त: को बलियो ? इतिहास यस्तो छ

त्यो भन्दा अझै बढी वेल्समा त सबैले इंग्ल्याण्डको प्रतिद्वन्द्वी क्रोएसियाको झण्डा बोकेका छन् । उनीहरुले इंग्ल्याण्डका प्रत्येक खेलमा प्रतिद्वन्द्वी टोलीको पक्षमा रहे । बीबीसी रेडियो वेल्सलाई त एउटा ट्वीट नै हटाउनु पर्यो ।

इंग्ल्इाण्ड क्वाटरफाइनलमा प्रवेश गरेपछि उसले ट्वीटमा लेखेको थियो, ‘के अब हामी इंग्ल्याण्डका पक्षमा छौं ।’ वेल्स फुटबल संघले जवाफ दियो, ‘हामी अहिले पनि वेल्स छौं, के तपाई हुनु हुन्न ?’

अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीको भविष्यमा कालो बादल !

कमेन्ट गर्नुहोस्