चर्चित भारतीय कलाकार डा. हात्तीको निधन, टिभी इन्डष्टी शोकमग्न !

भारतीय टेलिभिजन शो ‘तारक मेहताका उल्टा चश्मा’ का डा. हात्ती उर्फ कवि कुमार आजादको सोमबार हृदयघातबाट निधन भएको छ । पोस्टमार्टपछि उनको पार्थिव शरीर उनको पुर्याइएको छ ।

टीभी शोमा सधै हसाउने डा हात्तीको तस्वीरले उनका फ्यानहरुलाई रुवाउन सक्छ । डा हात्तीको शवमा शोको पूरै स्टारकास्ट देखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जी दिन तारक मेहताको पूरै टीम पुगेको थियो । हात्तीको असामयिक निधनमा टीमका सबै भावहिल भएको थिए ।

डा हात्ती पछिल्लो समय स्वास्थ्य सम्बन्धी समस्याबाट निकै पीडित थिए । उनी विभिन्न खाले रोगसँग पैठेजोरी खेल्दै थिए । उनीको निधनको सूचना निर्माता असित मोदीले सार्वजनिक गरेका थिए । उनको निधनमा टिभी उद्योग शोकमग्न भएको छ । तारक मेहताको पूरै टीमले आफ्ना प्रिय कलाकार हात्तीको आँसुधाराले अन्तिम विदाई गरे । उनको निधनको खबरले शोको शुटिङको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।

कवि कुमार आजाद अविवाहित थिए । र उनी आफ्नो आमाबुवा, बहिनी र भाईसहित बस्थें । जब कवि कुमारको निधन भयो त्यति बेला उनीसँग उनको परिवारका केही पनि थिएनन् । उनी एकलै थिए । ४५ वर्षीय कवि कुमारको जन्म १९७३ मा बिहारमा भएको थियो ।

सम्बन्धित् समाचार  जापानमा पुरुषहरु यौन चाहना पूरा गर्न स्कूले बालिकाहरुको बढी प्रयोग

कवि कुमारका कविता लेखनमा शौखिन थिए । कवि कुमार आनन्द ‘तारक मेहताका उल्टा चश्मा’ कमेडी शो शुरु भएको एक वर्षपछि संलग्न भएका थिए । सन २०१० मा कवि कुमार आजाद उर्फ डा हात्तीले आफ्नो तौल अपरेशन गरेर ८० किलो घटाएका थिए । शरीरको तौल शल्यक्रिया गरेर घटाएपछि उनको दैनिकी निकै सहज भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: