४० सेमि लामो जुँगा !

असार २७ । मानिसमा अनेकौं रहर हुन्छन् । कसैलाई कपाल लामो पाल्न मन पर्छ, कसैलाई दारी भने कसैलाई जुँगा । यी बाहेक मानिसका अनेकौं शोख हुन्छन् । झापाका एक जना व्यक्तिले जुँगा पालेर रहर पूरा गरेका छन् ।

जिल्लाको अर्जुनधारा ५ का ५१ वर्षीय प्रकाश कार्कीले जुँगा पालेर आफ्नो वर्षौदेखिको शोख पूरा गरेका हुन् । उनको जुँगा ४० सेन्टीमिटर लामो छ । कार्कीले जुँगाको सुरक्षाका लागि तेलले विशेष मसाज गर्छन् ।
फोटो -रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  स्वयम्बरको औंठी भ्यागुताले निलेपछि...
%d bloggers like this: