दुई महत्वपूर्ण निर्णय गर्दै नेकपा बैठक सकियो

काठमाडौं, असार २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विधान र नियमावली पारित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको नेकपाको सचिवालय बैठकले पार्टीको विधान र नियमावली पारित गरेको हो प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ जानकारी दिए ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब नियमावली छाप्न पठाइने छ । ‘विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिने काम भयो । अब छिट्टै प्रकाशनमा जाने छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

अर्को बैठकले विधान र नियमावली अनुसार सबै पार्टी कमिटी र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको खाका खाका तयार पार्ने जनाइएको छ । विधान र नियमावली पारित भएसँगै पार्टीका सबै कमिटीको सांगठानिक एकता र पार्टी सञ्चालनका लागि मार्ग प्रशस्त भएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  नेकपा एकीकरणः जिल्ला अध्यक्ष बन्न सांसददेखि गाउँपालिका अध्यक्षको दाबी !
%d bloggers like this: