मन्दिरलार्इ १९ किलोको मूर्तिदान

इलाम । इलामका समाजसेवी डम्बर खड्काले माइजोगमाई गाउँपालिकामा रहेको एक मन्दिरलाई १९ किलो ग्रामको धातुको मूर्ति प्रदान गर्नुभएको छ ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका उहाँले माइजोगमाई गाउँपालिका–१ नयाँ बजारमा रहेको बालागुरु शिवालय धामलाई सो मूर्ति दान गर्नुभएको हो ।

करीब रु एक लाख १० पर्ने मूर्ति उहाँले मन्दिर व्यवस्थापन समितिका सहसचिव शिव निरौलालाई प्रदान गर्नुभएको छ । मन्दिरलाई मूर्ति दान गर्न पाएकोमा खुशी व्यक्त गर्दै खड्काले मन्दिरलाई आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्दिरका सचिव याम रसाइलीले खड्काले गर्नुभएको मूर्ति दानले आफूलाई थप काम गर्न हौसला मिलेको बताउनुभयो । इलामको रेडियो चियाबारीका अध्यक्ष समेत रहनुभएका खड्काले जिल्लामा रहेका विभिन्न मठ मन्दिर, चर्च, गुम्बाका साथै असाहय असत्तलाई समेत सहयोग गर्दै आउनुभएको छ । रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
%d bloggers like this: