चलचित्र ‘साली कस्को भेनाको’ ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । हाँस्य प्रधान सामाजिक नेपाली चलचित्र ‘साली कसको भेनाको’ को ट्रेलर सार्वजनिक भएको छ ।

भद्र भुजेलको निर्देशनमा बनेको चलचित्रको ट्रेलर आइतबार बुढा सुब्बा डिजिटलको युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।

भदौ २९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा रहेको चलचित्रमा बिल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । निकै रमाइलो फिल्म बनाएकाले दर्शकले मन पराउने बिश्वास निर्देशक भद्रको छ ।

प्रसाद श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो र काजीमान श्रेष्ठ ‘विशाल!, कमला भट्टराई र मुक्ति अधिकारी छन् । चलचित्रको गीत प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मीन घलानको संगीत रहेको छ । मुभिङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको चलचित्रको सम्पादन बनिष शाहले गरेका हुन् ।

‘साली कसको भेनाको’ समसामयिक सामाजिक विषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउछन् । प्रसाद उनै हुन्, जसले पहिला कान्छी, कर्जालगायतका चलचित्र निर्माण गरेका थिए । लामो समयको अन्तरालपछि चलचित्र निर्माणमा पुनरागमन गरेका प्रसाद ‘साली कसको भेनाको! बाट निकै आशावादी छन् ।

सम्बन्धित् समाचार  एउटा यस्तो प्रेम कहानीमा छोरा शक्तिलाई नायक बनाउर्दै शिव श्रेष्ठ

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: