अध्यक्ष महोदय, म कम्युनिष्टप्रति आस्था राख्ने नेपाली नागरिक हुँ, मेराे अास्था कायम राख्न सक्नुहुन्छ ?

कुरा सम्मृद्धि गर्ने, काम सिन्को नभाँच्ने, भाषण राष्ट्रिय स्वाभिमानको गर्ने, बाटो परनिर्भताको समाउने प्रवृतिले हामी जनता आजित भयौं । जे सम्भव छैन त्यसका लागि सपना बुन्ने, जे छ त्यसलाई सपार्न सिन्काे नभाच्ने सरकारको प्रवृतिले ‘समृद्द नेपाल, सुखी नेपाली’ भन्ने नाराको खिल्ली उडाएको छैन र अध्यक्ष महाेदय  ?

 

*** पाठक टिप्पणी ***

अध्यक्ष महोदय !

म एउटा सामान्ने व्यक्ति हुँ, कम्युनिष्टहरुप्रति आस्था राख्ने नेपाली नागरिक हुँ ।

२०७२ को महाभुकम्पपछि नेपालमा एउटा तरङ्ग पैदा भएको छ । वास्तविक तरङ्ग ग्रामिण भुभागमा बसोबास गर्ने बासिन्दा सहरमुखि हुँदै गए । सहरमुखि हुनुको कारण बास भत्किएपछिको यथार्थता थियाे ।

विष्णुराज गिरी

केही महिनाका लागि हातमुख जोर्न सहर पसेका गाउँलेहरु अहिले गाउँ फर्किन चाहान्नन् । दुःखजिलो गरेर सहरमै बस्नुका पनि कारण स्पष्ट छन् । बिरामी भएर उपचार नपाइ मर्नु पर्दैन, पढ्नेलार्इ उच्च शिक्षाको अवसर तथा सानाे ठूलाे रोगजारको सम्भावना भएकै कारण सहरले धेरैकाे जन्मथलाे चटक्कै बिर्सायाे । यसले सहर र गाउँ दुवै ठाउँमा विभिन्न थरीका समस्या उब्जिएका छन् ।

एकातिर सहरमा जनसंख्या बढ्दै गएको छ भने अर्कोतिर गाउँमा उब्जाउ जग्गा जमिन बाँझिएको छ । त्यो भन्दा पनि ठूलो समस्या भनेको घर बनाउन सरकारले दिएको तीन लाख अनुदान रकममा देखिएकाे दुरूपयाेग हाे । सरकारले दिएको पैसा सक्न सहरबाट गाउँ आएर एककोठे घर ठड्याउने अनि बस्नका लागि सहरतिरै भाँसिने सामान्य भइसकेको छ ।

यसले राज्यलाई आर्थिक रुपमा ठूलो घाटा त छदैछ अर्कोतिर उब्जाउ जमिन बाझिने क्रम बढ्दै जाँदा खाद्यान्न संकट हुने देखिन्छ । उर्भर जमिन बझाउने तर, सहरमा दिउँसो कमाएर साँझ र बिहानको छाक टार्ने प्रवृतिले भोलिको पुस्ताले के सिक्ने हो ?

नारा र कागजका टुक्रामा सिमित कृषिप्रधान देश व्यवहारमा कहिले लागु हुने हो ? हामी कहिले खाद्यान्नमा आत्म निर्भर हुने हो ? के भाषण र दस्तोवेजले सम्मृद्धि आउँछ र ?

परिवर्तन सानो कुराबाट सुरु गरौं । जग्गा बाँजो राख्ने किसानलाई उच्च दरको कर लगाएर यसको समाधान गर्न सकिन्छ । यसका लागि अर्को विकल्प पनि हुनसक्छ बाँझो भूमि सरकारले भूमिहीनलाई विना सर्त हस्तान्तरण गर्ने नीति लिने हो भने पनि यो समस्या समाधान हुन्छ । हैन भने यस्ता जग्गाको राष्ट्रियकरण गरि जडिबुटी उत्पादन गर्ने  तिर किन नलाग्ने ?

कुरा सम्मृद्धि गर्ने, काम सिन्को नभाँच्ने, भाषण राष्ट्रिय स्वाभिमानको गर्ने, बाटो परनिर्भताको समाउने प्रवृतिले हामी जनता आजित भयौं । जे सम्भव छैन त्यसका लागि सपना बुन्ने, जे छ त्यसलाई सपार्न सिन्काे नभाच्ने सरकारको प्रवृतिले ‘समृद्द नेपाल, सुखी नेपाली’ भन्ने नाराको खिल्ली उडाएको छैन र अध्यक्ष महाेदय  ?

अन्त्यमा कम्युनिस्ट सरकारले जनताका पक्षमा काम गर्छ भन्ने जनअपेक्षा थियो । तर, सत्तामा आएदेखि भाषण र बोलिमा टिकेको ओली सरकारले जनताको पक्षमा काम गर्ने संकेत देखाएन । अध्यक्ष महोदय, तपाईले देश र जनताका लागि केही गर्नु हुन्छ भन्ने आशा र भरोसामा हामी नेपाली जन्ता अझै कुरिरहेका छौं । जनताकाे यो आशा र भरोसा कायम राख्नु होला ।

कमेन्ट गर्नुहोस्