काठमाडौं उपत्यकामा टिपर चलाउन रोक

काठमाडौं, असार २७ । काठमाडौं उपत्यकामा अब विहान ५ बजेदेखि साँझ ८ बजेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ । पछिल्लो समय उपत्यकामा टिपरका कारण बढी सडक दुर्घटना भएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो टिपर चलाउन नदिन निर्देशन दिएको हो । गृह स्रोतका अनुसार अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर सञ्चालन हुनेछन् ।

असार महिनामा काठमाडौं उपत्यकामा १०८ वटा सवारी दुर्घटना भएकोमा ४० वटा दुर्घटना टिपरका कारण भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएकाे छ ।

कमेन्ट गर्नुहोस्