कच्चा तेलको मूल्य घटाउन ओपेकलाई भारतको चेतावनी, नेपालमा पनि इन्धनको मूल्य बढ्ने

नयाँदिल्ली, असार २७ । पछिल्लो समय कच्चा तेलको मूल्य लगातार बढाएपछि भारतले तेल उत्पादक देशहरुलाई मूल्य घटाउन कडा चेतावनी दिएको छ । यदि उनीहरुले कच्चा तेलको मूल्य नघटाए माग घटाउने पनि भारतले बताएको छ ।

विश्वको अधिक कच्चा तेल माग भएको देश भारतले ओपेकका सदस्य देशलाई भनेको छ ‘मूल्य घटाउन शुरु गर नत्र मागमा (खरिद) हुने कमीको सामना गर्न तयार हौं ।

ब्लूमबर्गको रिपोर्टका अनुसार भारतको तर्फबाट चेतावनी दिदैं इन्डियन आयद कर्पोरेशनका अध्यक्ष संजीव सिंहले भनेका छन्, ‘जुन तरीकाले वितेका दुईदेखि ढाई महिनामा तेलको मूल्य जसरी बढको छ, यदि यस्तै रह्यो भने भारतीय उपभोक्ताले विकल्पको खोजी गर्ने छन् ।’

उनले भनेका छन् कच्चा तेलको मूल्य यसरी नै बढ्ने हो भने भारतीय उपभोक्ता विद्युतीय र ग्यासबाट चल्ने सवारी साधनको खोजी गर्ने छन् वा विकल्प खोज्ने छन् । जुन तुलनात्मक रुपमा तेल भन्दा सस्तो पर्ने छ । सन २०२५ सम्म भारतले प्रतिदिन १० व्यारेल तेल खपत प्रतिस्थापन गर्ने छ ।

सिंहले भने, ‘मागलाई मूल्यसँग अलग गरेर हेर्न सकिदैन् । खासगरी भारत जसता देश जहाँ मूल्यमाथि विशेष ध्यान दिइन्छ ।’

सिंहका अनुसार,‘मूल्यमा सानो परिवर्तनले छोटो समयमा त मागमा खासै फरक देखिदैन तर यस्तै रह्यो भने लामो समयपछि यसको असर दिखिन थाल्छ ।’

लिविया, भनेजुयला र क्यान्डामा तेल उत्पादनमा कमी आएपछि केही दिन यता कच्चा तेलको मूल्य पाँच प्रतिशतले बढको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सानो परिवर्तन आएमा नेपालमा पनि इन्धनको मूल्यमा व्यापक उतारचढाव आउने गरेको छ । अनतराष्ट्रिय बजारमा तेलको मूल्य बढेमा नेपालमा पनि इन्धनको मूल्य बृद्धि हुने निश्चित छ ।

कमेन्ट गर्नुहोस्