एनआरएनए युएईको पहलमा दुई महिलाको उद्दार

युएई ।युएईमा लामो समय देखि दलालले बन्धक बनाइ राखेका दुई नेपाली महिलालाई एनआरएनए युएईले उद्दार गरी बुधबार स्वदेश फिर्ता गरेको छ।

युएईको अलऐन स्थित एउटा घरमा बिगत एक बर्ष देखि बन्धक बनाइ राखेको अबस्थामा पीडित मध्ये एक महिलाले सामाजिक संजाल मार्फत आफ्नो उद्दारको लागि पहल गरिदिन अपील सहितको भिडियो हाले पछी एनआरएनए युएईले प्रहरीको सहयोगमा ठेगाना पत्ता लगाई पीडितको उद्दार गर्न सफल भएको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्।

यसरी अलपत्र पर्नेहरुमा बर्दिया घर भएकी रेनुका र उनकी साथी भुप कुमारी रहेकी छिन भने अर्कि एक महिलालाई दलालले भगाउन सफल भएको भए पनि नेपाली दूतावास युएईले सम्पर्क गरी हाल दूतावासको सेल्टरमा राखेको दूतावासले बताएको छ।

अलपत्र मध्ये रेनुका र भुप कुमारीलाई एनआरएनए युएईले आवश्यक प्रकृया पुरा गरी बुधबार हवाई टिकटको ब्यबस्था मिलाई स्वदेश फिर्ता गरेको छ भने अर्की एक महिलालाई दूतावासले केही दिनमा नेपाल फर्काउने तयारी गरेको दूतावास स्रोतले जानकारी दिएको छ।

पछिल्लो समय युएईमा रहेका सँघसस्थाहरु खासगरि

एनआरएनए युएईले मजदुर हितमा उल्लेखनीय काम गर्दै पीडितलाई न्याय दिलाउन महत्त्वपूर्ण भुमिका खेलेको भन्दै नेपाली दूतावास युएईका कार्यबाहक राजदूत सागर फुयाँलले सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।

कमेन्ट गर्नुहोस्