माटोको ढिस्कोमा पुरिएर वृद्धाको मृत्यु, एक जना घाइते

बागलुङ, असार २८ । माटोको ढिस्कोमा पुरिएर जिल्लाको निसीखोला गाउँपालिका-२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको बुधबार मृत्यु भएको छ । अपराह्न रातमाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्दा खसेको ढिस्कोबाट पुरिएर सोही ठाउँकी २८ वर्षीया कौशिला कार्की घाइते भएकी छन् ।

अहिले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताए । घटनाबारे थाहा पाएपछि स्थानीयले तिनको उद्धार गरेका थिए । -रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  नेप्सेः १४ सयमा टेवा खोज्दै परिसूचक, बजार घट्दा कारोबारी बढे
%d bloggers like this: