भक्तपुरमा पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु

भक्तपुर, असार २८ । भक्तपुरमा पहिरोले घर पुरिँदा साढे दुई वर्षकी बालिकासहित एकै घरका तीन जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा पर्ने मझुवामा पहिरोले कच्ची घर पुरिँदा सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उहाँकी श्रीमती ६५ वर्षिया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पादालाई पहिरोले पुरेको भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भाटले जानकारी दिए ।

ज्यान गुमाउने लामाका छोरा बुहारी पक्की घरमा सुतेकाले बाँचेका छन् । प्रमुख अधिकारी भाटका अनुसार राति पहिरोले घर पुरे पनि बिहान साढे ६ बजेतिर मात्रै खबर आएको थियो ।

कमेन्ट गर्नुहोस्