भोलिसम्म भारी वर्षा हुने

काठमाडौं, असार २८ । देशका विभिन्न ठाउँमा भोलिसम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मध्य र पश्चिमी भू-भागहरुमा मध्यम देखी भारी वर्षा भइरहेको छ ।

बिहिबार दिउँसोको समयमा देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साँझ र राती पनि देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । अविरल वर्षाका कारण देशका पहाडी क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  निर्वाचनमा मतदान गर्न प्रधानमन्त्रीको आग्रह
%d bloggers like this: