‘भद्र’ र ‘रुपसी’ चीनलाई हस्तान्तरण

काठमाडौं, असार २८ । नेपाल सरकराले उत्तरी छिमेकी चीनलाई उपहार दिन लागेको दुई जोडी दुर्लभ एक सिंगे गैंडामध्य एक जोर्डी हस्तान्तरण गरको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक समारोह आयोजना गरी ‘भद्र’ र ‘रुपसी’ नाम गरेका एक जोडी गैंडा बिहीबार चिनियाँ राजदूत यू होङलाई हस्तान्तरण गरेका छन् ।

ओली नेतृत्वकै अघिल्लो सरकारले दुई वर्षअघि चीन सरकारलाई दुर्लभ एक सिंगे दुई जोडी गैंडा चीन सरकारलाई दिने निर्णय गरेको थियो ।

गैंडा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसले दुई देशबीचको सम्बन्धमा अझै सुधार आउने विश्वास व्यक्त गरे । र चीन सरकार दुर्भल एक सिंगे गैंडाको उचित संरक्षण हुने विश्वास व्यक्त गरे । भ्रद र रुपसीलाई आजै कार्गो विमानबाट चीन लग्ने तयारी छ ।

उनीहरुलाई सडक मार्गबाट बुधबार राति काठमाडौं ल्याइएको थियो ।

सरकारले अर्को एक जोडी गैंडा पनि छिट्टै चीन सरकारलाई हस्तान्तरण गर्नेछ ।

सरकारले उपहारका नाममा आजसम्म भारत, अमेरिका, जापान, थाइल्याण्ड, अष्ट्रियालगायत मुलुकलाई २६ वटा गैंडा उपहार दिइसकेको छ । विश्वमै दूर्लभ मानिने एक सिंगे गैंडा नेपालमा मात्रै पाईन्छ । नेपालमा हाल ६ सय ४५ वटा गैंडा रहेका छन । तीमध्ये ६ सय ५ वटा गैंडा चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: