नेपाली युवा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मनित

नयाँ दिल्ली, असार २८ ।

एक नेपाली युवाले भारतको राजधानी नयाँ दिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् । सप्तरीका मानव अधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन् ।

अधिकारकर्मी राउतलाई ‘कन्स्टिट्युसन क्लब’ ले आयोजना गरेको एक दिवसीय समारोहमा सम्मानित गरिएको छ । मानव अधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो ।

‘दी ग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसी’ ले राउतलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको छ । भारतको केन्द्र सरकारका पूर्वमन्त्री कमलसिंह नेगी र भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. दिनेश उपाध्याय एवम् वर्खा शुक्ला सिंह लगायतले राउतलाई सम्मान गरेका थिए ।

सामाजिक तथा मानव अधिकार क्षेत्रमा आधा दशकदेखि सक्रिय राउत नेपाल पिछडा वर्ग महासंघको भ्रातृ संगठन ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  प्रचण्डलाई ५५ किलोको मालाले स्वागत
%d bloggers like this: