एयरबसले अगस्तदेखि दोहामा उडान भर्ने

दोहा, असार २८ । नेपाल एयरलाइन्सले भर्खर भित्रियाएको वाइडबडी विमानको व्यवसायिक प्रवर्धनका लागि कतारमा एजेन्सी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गएको मंगलबार दोहाको ओरेक्स रोटना होटलमा आयोजित कार्यक्रममा कतारमा कार्यरत विभिन्न ट्राभल एजेन्सीहरुको सहभागीता रहको बताइएको छ ।

नेपाली राजदुतावास कतारका राजदुत डा रमेशप्रसाद कोइराला प्रमुख अथिति रहेको कार्यक्रममा नेपाल एयरलाइन्सका निर्देशक ‘बाणिज्य’ कृष्णगोपाल जोशीले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अथिति राजदूत काेइरालाले  नेपाल एयरलाइन्सले नयाँ उडान भर्न लागेकोमा खुशी ब्यक्त गर्दै नेपाल एयरलाइन्स नेपालीहरुको शान भएकाले नयाँ वाइडबढी एयरबसको व्यवसायिक सफलताका लागि अग्रिम शुभकामना दिए ।। साथै निकट भविष्यमा नेपाल एयरलाइन्सले संसारभर उडान भर्न सफल हुनेमा विश्वास व्यक्त गरे ।

 

नेपाल एयरलाइन्सले भर्खर ल्याएको ए–३३० ले आगामी २ अगस्तदेखि काठमाडौं–दोहा, दोहा–काठमाडौं व्यवसायिक उडान शुरु गर्दैछ । कुल २७४ सीट रहेको एयरबसमा १८ विजनेस र २५६ वटा इकोनोमी सिट रहेका छन् ।

नेपाल एयरलाइन्स डिप्युटी निर्देशक बाणिज्य श्रीमति अर्चना खडकाले नेपाल एयरलाइन्सको २०१७ को टप टिकट बिक्रेतालाई धन्यवाद तथा प्रशंसाको प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन । सम्मान पाउनेमा रायन ट्राभल, एम्पायर ट्राभल, अल्जाबर ट्राभल एण्ड टुर्स , एन बिके ट्रभलस एन्ड टुर्स र अन्तर्राष्ट्रिय ट्राभल एन्ड टुर्स रहेका छन् ।

सम्बन्धित् समाचार  कुवेतमा हृदयघातका कारण एक नेपालीको निधन

कार्यक्रममा कतारमा रहेका ट्राभल एजेन्सीका प्रतिनिधि, पर्यटन व्यवसायी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: