अमेरिका नाटोबाट अलग नहुने- ट्रम्प

लण्डन, असार २८।  ब्रिटेनको चार दिने यात्रामा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आज एउटा आकस्मिक पत्रकार सम्मेलन गरेर अमेरिका उत्तर एटलान्टिक सन्धि संगठन- नाटोबाट अलग्गिने सबै अनुमानहरूलाई खारेज गरिदिएका छन्।

अक्सर चौतर्फी आलोचनाहरूले घेरिइरहने ट्रंपले पत्रकारहरूको जिज्ञासाको उत्तर दिँदै आफू चाहेको खण्डमा नाटोबाट अलग्गिन सक्ने भएपनि त्यसो गर्नु आवश्यक नरहेको प्रतिक्रिया दिएका छन्।

उनले अमेरिकाको नाटोप्रतिको जवाफदेहिता रहेको आफू त्यसमा अडिग रहने बताए। आफ्नो चार दिने ब्रिटेन यात्रामा ट्रंप ले प्रधानमन्त्री टेरिजा मेसँग भेटवार्ता गर्ने छन् भने महारानी एलिजाबेथ-द्वितीयसँग चियापानमा सरिक हुनेछन्। यसका साथै उनले स्कटल्यान्द्मा छुट्टी मनाउने छन्।

ब्रिटेन र अमेरिकाबीच अनेक कूटनैतिक मतभेद हुँदाहुँदै पनि ब्रिटेनले इयूको सदस्यता त्याग गरिसकेपछि अमेरिकासँग व्यापार-सम्झौता हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री मेले ट्रंपको यात्रा अगाडि एउटा सक्षत्कार्का क्रममा भनेकी थिइन्,”हामीले युरोपेली संघको सदस्यता त्याग गरिसकेपछि ब्रिटेनका लागि नयाँ बाटो पहिल्याउने छौँ। यस दौरान अन्य देशहरूसँग हाम्रो सम्बन्ध अझ राम्रो हुनेछ।” प्रधानमन्त्रीले भनेकी थिइन्,”हाम्रो सबैभन्दा विश्वस्त साझेदार अमेरिका हो र आउँदा दिनहरूमा यो सम्बन्ध अझै बलियो हुनेछ।”

सम्बन्धित् समाचार  बालबालिका अपहरण गर्नेलाई सार्वजनिक फाँसी

राष्ट्रपति ट्रंप नाटो सम्मेलनमा सहभागी भइसकेर ब्रिटेन आएका हुन्। उनी यहाँ आइतबारसम्म बस्नेछन्।

उक्त पत्रकार सम्मेलनमा ट्रंपले नाटोका अतिरिक्त इरान, उत्तर कोरिया र रुसका बारेमा आफ्नो मत राखे। राष्ट्रपति ट्रंपले इरान भविष्यमा वार्ताको टेबुलमा बस्ने आशा व्यक्त गरे भने उत्तर कोरियासँग भइरहेका कूटनैतिक प्रयासहरूप्रति आफू आश्वस्त रहेको प्रतिक्रिया दिए। उता २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली संलग्नताबारे आफूलोए रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा राख्ने पनि बताए।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: