जीप दुर्घटनामा तीन जनाको मृत्यु

मेलम्ची, असार २९ । पाँचपोखरी थाङ्पाल गाउँपालिका-४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा नौजना घाइते भएको र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मेलम्चीतर्फ ल्याउँदै गरेको र घटनास्थलतर्फ अहिले प्रहरी टोली पठाइएको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको उक्त बोलेरो जीपमा १५ जना सवार रहेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । -रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  राईको आफ्नै साथीले हत्या गरे
%d bloggers like this: