आजकाे दिन तपाईको कस्तो रहला ? राशिफलले यस्तो भन्छ

वि.सं २०७५ साल असार २९ गते। शुक्रबार, इश्वी सन् २०१८ जुलाई १३ तारिख, नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि- औंसी, ८ः५६ बजेउप्रान्त प्रतिपदा।

मेष- परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ।

बृष- आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला।

मिथुन- नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि हौसला प्रदान गर्नेछ।

कर्कट- छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ।

सिंह- आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा निकै फाइदा हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ।

कन्या- पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ।

तुला- समय चुनौतीपूर्ण देखिए पनि सामान्य काम र जिम्मेवारी हात पार्ने मौका छ। लगनशीलताले अवसर दिलाउन सक्छ। तर आँटले काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। साँझतिर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।

बृश्चिक- पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

धनु- मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन उदास रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग जोगिएर काम लिनुपर्ला।

मकर- वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

कुम्भ- अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यवसायमा समेत फाइदा उठाउन समय पर्खनुपर्नेछ। योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत पर्ला। तापनि निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ।

मीन- अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। -नेपाली पात्रो

कमेन्ट गर्नुहोस्