कलंकी-नागढुंगा सडक निर्माणको ढिलाइका विरुद्ध युवा जुर्मुराए

काठमाडौं, २९ असार । कलंकी-नागढुंगा सडक खण्डका कारण लाखौं जनताको जनधन तथा स्वास्थ्यमाथि गम्भीर असर पुर्‍याएको भन्दै छिटो र गुणस्तरीय वाटो विस्तार गरिनु पर्ने माग राख्दै ११ सदस्यिय कलंकी नागढुंगा अनुगमन तथा दवाव समिति गठन गरिएको छ । इश्वर लामाको अध्यक्षतामा ११ सदस्यिय दवाव समिति गठन गरिएको हो ।

कंलकी-नागढुंगा सडकको कारण धेरै व्यक्ति दुर्घटनाको सिकार बनिसकेको र आमसर्वसाधारणको दैनिक जीवन कस्टकर भएको तथा ठेकेदारले काम गरेपनि एकदमै कमसल खालको पिच गरि झारा टार्ने काम गरिरहेको अवस्थामा त्यसको विरोध गर्दै आन्दोलनको लागि दवाव समूह गठन गरिएको समूहका अध्यक्ष लामाले वताए ।

तीन वर्ष भन्दा लामो समय देखि निर्माण कंम्पनी वाटो निर्माणकार्यमा विभिन्न कारण देखाई झारो टार्ने कार्य काम गर्दै आईरहेकोले सरोकारवलाला निकायहरुलाई दवाव दिनको लागि चन्द्रागिरि नगरपालिकामा प्रभावित सवै वडाहरुलाई समेटेर सशक्त दवाव दिन संघर्ष समित गठन गर्न बाध्य भएको मुल समितिका सचिव मोहन डाँगीले वताए ।

साथै, उक्त समितिले हिजो मात्र सम्माननिय प्रधानमन्त्री केपि ओली ले कलंकी-थानकोट सडक र अन्य सडकको खाल्डाखुल्डी व्यवस्थापनमा ५० दिनभित्र जनताहरूलाई महसुस हुने गरी सुधारका काम गर्ने भनी दिएको निर्देशनको स्वागत गर्दै तत्काल प्रधानमन्त्रीको कार्यालयको साथ सवै सम्वन्धति निकायमा यसको जानकारी गराउने र सम्वन्धीत पक्षलाई ज्ञापनपत्र दिने तयारी भईरहेको दावाव समितिका संचार संयोजक रोसन दानीले वताए ।

सम्बन्धित् समाचार  सीके राउतलाई चलाइयो राज्यविरुद्ध अपराधको मुद्धा

दवाव समितका अध्यक्ष ईश्वर लामाले निर्णय वमोजिम तत्काल कार्यन्वयन नगरी आलटाल गरेमा सवै सर्व साधारण लाइ उठाइ भयानक ठुलो प्रकारको आन्दोलनका साथ अगाडी वढिने कुरा जानकारी गराए । वाटोकै विषयमा सवै सर्वसाधारणहरु आजीत भइसकेकाले संघ संगठन तथा सवै सर्वसाधारण अन्दोलनका लागी वाटो देखि सम्वन्धीत निकायसम्म ढोका घच्घच्याउनको लगी तत्पर रहेको कुरा भन्दै माग सम्वोधन नभए कडा संघर्ष गरेने चेतावनी दवाव समूहले दिएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । साथै कलंकी(थानकोट र चाबहिल(बौद्ध(जोरपाटीको दुरावस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव लगायतलाई बोलाएर यसबारे चासो राखेका छन् । उनले कलंकी(थानकोट र चाबहिल(बौद्ध(जोरपाटी सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: