सिन्धुपाल्चोकमा जीप दुर्घटना, ५ जनाको मृत्यु

सिन्धुपाल्चोक, असार २९ । सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको पाँचखोरी पाँचपोखरी थाङपाल गाउँपालिका ४ सल्लेडाँडामा भएको जीप दुर्घटनामा ३ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचपोखरी थाङपालधाप गाउँपालिका-३ का जयरानी तामाङ, भिमबहादुर तामाङ, पदम तामाङ, सुनमाया तामाङ र नानी तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो बेलुकी तिपेनीबाट मानेखर्कका लागि छुटेको लु १ ख ९९९ नम्बरको जीप दुर्घटना भएको हो ।

जीप पल्टिँदा घाइते भएका ८ जनालाई उपचारका लागि अहिले बिहान काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्