चीनको औद्योगिक क्षेत्रमा विष्फोट, १९ जनाको मृत्यु

एजेन्सी । चीनको सिचुवान प्रान्तको औद्योगिक क्षेत्रमा भएको विष्फोटमा परी १९ जनाको मृत्यु भएको छ । १२ जना घाईते भएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । यिविन हिन्ग्दा प्रविधिको रसायनिक कारखानामा विष्फोट भएको हो ।

विष्फोटको कारणबारे अनुसन्धान भैरहेको स्थानिय अधिकारीले उल्लेख गरेका छन् । सन् २०१५ मा तियान्जिन शहरमा रसायनिक कारखानामा विष्फोट हुँदा १ सय ७३ जनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्