बाजुरामा भूकम्प गयाे, त्रासले स्थानीय घर बाहिर निस्किए

बाजुरा, असार २९ । जिल्लामा आज बिहान ८ः५८ बजे ४ दशमलव १ रेक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गर्नुभयो ।

भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए । -रासस

कमेन्ट गर्नुहोस्