थाह पाउनुहोस्, कति लामो यौनसम्पर्क उत्तम ?

काठमाडौं, डा. राजेन्द्र भद्रा । यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुराहरूमा भर पर्छ । किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको देखिएको थियो । यो समय व्यक्ति-व्यक्तिअनुसार फरक-फरक हुन्छ र एक व्यक्तिको पनि फरक-फरक समयमा फरक-फरक हुन सक्छ ।

एक अध्ययनले सालाखाला यसको समय ५ दशमलव ४ मिनेट रहेको देखाएको छ । यहाँ भनिरहनु पर्दैन कि यौनसम्पर्कको समय व्यक्ति, जोडी अनि परिस्थितिअनुरूप फरक-फरक हुन्छ । जर्नल अफ सेक्सुअल मेडिसिनमा गरिएको एक अध्ययनमा सेक्स थेरापिस्टले एकदेखि दुई मिनेटको यौनसम्पर्कको समयलाई ‘धैरै छोटो’, ३-७ मिनेटको समयलाई ‘पर्याप्त’ अनि ७-१३ मिनेटको समयलाई ‘वाञ्छनीय’ मानिएको छ ।

नेपालमा नेपालीले यौनसम्पर्क राख्ने समय कति हुन्छ भन्ने अध्ययन भएको छैन । त्यसैले बाहिरका अध्ययनलाई नै आधार मान्नुपर्ने हुन्छ तर महत्वपूर्ण कुरा यौनसम्पर्क भनेपछि योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने कुरामा सीमित हुने सोचभन्दा वाहिर आउनुपर्छ । तपाईं वा तपाईंकी श्रीमतीलाई राम्रोसँग यौन उत्तेजनामा आउन लाग्ने समयलाई पनि ख्याल गर्नुपर्ने हुन्छ अनि सबैभन्दा मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयावधिलाई लिएर सन्तुष्ट हुनुपर्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: