कसरी लामो समयसम्म यौनसम्पर्क राख्ने ?

काठमाडौं, राजेन्द्र भद्रा । सर्वप्रथम त तनावरहित हुन आवश्यक छ । तनाव, चिन्ता अनि विशेष गरेर यौन सक्षमताको चिन्ताले यसमा कुनै सहयोग गर्दैन । यौन साथीलाई आफ्नो यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या थप चर्को हुन सक्छ । यौनसम्पर्कको समय छोटो हुने समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय अपनाउन सकिन्छ ।

यौनसम्पर्क रोक्ने-सुरु गर्ने यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग झिकेर केही बेर यौन क्रीडा रोक्ने र उत्तेजना केही कम भएपछि फेरि सुरु गर्ने । आसन परिवर्तन गर्ने, लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि स्खलन रोक्न मद्दत मिल्छ ।

लिङ्ग अँठ्याउने र यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ्याउने र वीर्य स्खलन हुन नदिने । उत्तेजना केही कम भएपछि पुन यौनक्रीडा सुरु गर्ने ।

कन्डमको प्रयोगवाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा र्पुयाउँछ । मांसपेशीको प्रयोग, पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!