कुदाउने हो होन्डा मङ्की ? मूल्य यति छ

काठमाडौं, साउन २ । पर्याप्त माग नभएकाले पछिल्लो वर्ष होन्डाले उत्पादन बन्द गरेको मङ्की मोटरसाइकल पुनः उत्पादन सुरु गरेको छ । कम्पनीले होन्डा जापानको वेबसाइट मार्फत मङ्कीको नयाँ अवतार सार्वजनिक गरेको हो । पुनः उत्पादन भएको यो मोटरसाइकललाई कम्पनीले २०१७ को टोकियो मोटर शोमासमेत प्रदर्शन गरेको थियो । यस बाइकमा होन्डाले १२५ सीसी इन्जिन दिनेछ ।

जसले ७ हजार आरपीएममा ९.३ बीएचपी पावर र ५२५० आरपीएममा ११ एनएम टर्क दिन्छ । यसको डिजाइनिङ प्लेटफर्म पुरानो मोडलको नै रहनेछ र इन्जिन इन्जेक्शन टेक्नोलोजीसँग सुसज्ज्ति हुनेछ ।

५.६ लिटरको ईन्धन ट्यांकी दिइने यो वाइकको तौल १०७ किलोग्राम रहेको छ । होन्डा मङ्कीको नयाँ स्वरुपमा, एबीएस (एन्टि लकिङ ब्रेकिङ सिस्टम) हुनेछ । एलईडी हेडलाइट रहने यो मोटरसाईकल विश्वव्यापी रूपमा तीन वटा कलर भेरिएन्टमा आउने छ ।

होन्डाका अनुसार, होन्डा मङ्कीले ६७.१ किलोमिटर प्रति लिटर माइलेज दिनेछ । यो बाइकको अन्तर्राष्ट्रिय बजार मूल्य ३ हजार ७ सय डलर रहने छ । यदि यो मोटरसाइकल भारत र नेपाली बजारमा आएमा मूल्य कति पर्छ त्यसका लागि भने प्रतिक्षा गर्नु पर्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: