रक्सी पिएपछि किन लड्छन् मान्छे ?

मदिरा वर्तमान जीवनशैलीको अभिन्न अङ्ग जस्तै भइसकेको छ । रक्सीले मानिसको मस्तिष्कमा असर गरेर व्यवहारमा मात्र परिवर्तन ल्याउँदैन अचेत समेत पार्ने हुन्छ ।

रक्सी सेवन गरिसकेपछि मानिस फरक फरक खालको व्यवहार गर्दछन् । तर ती मध्येको साझा लक्षण भनेको ढल्ने हो । आखिर मानिसहरू रक्सी सेवन गरेपछि किन ढल्छन् त भन्नेबारे हालै भएको एउटा शोधको नतिजा सार्वजनिक भएको छ ।

रक्सी पिएपछि अक्सर मानिस फरक र असामान्य व्यवहार गर्ने गर्दछन् । उनीहरू जे पायो त्यै बोल्ने र होहल्ला गर्ने गर्दछन् । कतिपयले मानिसहरूले रक्सी पिएपछि जानीजानी यस्तो गर्ने र नसाको बहानामा मनको तुस समेत निकाल्ने गर्दछन् ।

धेरै मानिसलाई नसा चढ्दै गएपछि आफुले के भन्दैछु र के गर्दैछु भन्ने समेत केही याद रहँदैन । यो कुरा ठट्यौली जस्तो लाग्ने भए पनि मनोवैज्ञानिकहरू भने यसलाई अनुसन्धानको विषय ठान्दछन् ।

रक्सी पिएर बहकिनु या अचेत हुनु सामान्य मानिन्छ । हालै २० हजार किशोरहरूमाथि गरिएको एउटा सर्वेक्षण अनुसार २० प्रतिशत किशोरहरू रक्सी पिएपछि अचेत हुने गरेको पाइएको छ ।

अंग्रेजीमा यस्तो अवस्था आउनुलाई ुब्ल्याकआउटु भन्ने गरिन्छ । यो अवस्था धेरै नसामा भएको अवस्थामा आउँछ । यस्तो अवस्थामा व्यक्तिलाई आफूले के गरे र आफूसँग के भैराखेको छ भन्ने कुराको समेत होस् रहन्न ।

६० प्रतिशतमा देखिन्छ यस्तो लक्षण

अमेरिकाको नेसनल इन्स्टिच्युट अन अल्कोहल एब्युज एण्ड अल्कोहोलिज्मुका प्रोफेसर आरोन व्हाइटका अनुसार १५ वर्ष अगाडिसम्म यसलाई सामान्य कुराको रूपमा हेरिन्नथ्यो । तर अब सबैले यस तथ्यलाई स्वीकार गरिसकेका छन् कि रक्सीको असर मस्तिष्कमा पुगेपछि यसले मानिसलाई अचेत अवस्थामा पुऱ्याइदिन्छ ।

यसै कारण अब वैज्ञानिकहरू यसको कारण खोज्न तर्फ र यसका नकारात्मक असर कम गर्ने तर्फ केन्द्रित हुँदैछन् । ब्ल्याकआउटुको अवस्थामा स्मरणशक्तिमा कस्तो असर पर्दछ भन्नेबारेमा १९६० को दशकमा डोनल्ड गुड्विन नामक एक जना वैज्ञानिकले केही जँड्याहाहरूलाई अस्पतालमा र केहीलाई भने जब सेन्टरुमा भर्ना गरेर अध्ययन सुरु गरे ।

उक्त अनुसन्धानबाट पत्ता लागे यस्ता तथ्य 

 तिनीहरूमध्ये सयमा ६० जना रक्सी पिएपछि तुरुन्तै बेहोस भइहाले ।
 यस अवधिमा केहीले पूर्ण रूपमा होस् गुमाए भने केहीलाई आफू नसामा हुँदाका केही कुरा मात्र याद थिए ।
 केहीलाई मस्तिष्कमा साह्रै जोर दिँदा केही कुरा याद आइरहेका थिए ।

हिप्पोक्याम्पस

  • लगभग छ दशक अगाडि भएको उक्त अनुसन्धानको आधारमा वैज्ञानिकहरू भन्ने गर्दछन्, रक्सी पिएर बेहोस भएको अवस्थामा मस्तिष्कको हिप्पोक्याम्पसु भन्ने भाग केही क्षणका लागि बिग्रिन जान्छ ।
  • हिप्पोक्याम्पसु मस्तिष्कको त्यो भाग हो जसले विभिन्न प्रकारका सुचना एवं जानकारीहरूलाई संग्रहित गरेर स्मृति निर्माण गर्दछ । मस्तिष्कको यस भागमा बढी असर पर्न गएको खण्डमा त्यस्ता मानिसहरूले नयाँ कुरा सित्तै सम्झिन नसक्ने बताइएन्छ ।
    रक्सी पिउँदा हिप्पोक्याम्पसुसम्म जानकारी पुऱ्याउने दुई महत्वपूर्ण भाग फ्रन्टल लोबु र अमेगडालाु समेत प्रभावित हुने गर्दछन् ।
  • फ्रन्टल लोबु मस्तिष्कमा बुद्धि र विचारसँग सम्बन्धित भाग हो भने अमेगडालाले हामीलाई खतराहरूबारे सचेत रहन मद्दत गर्दछ ।
    रित्तो पेट या सुत्नु अगाडि रक्सी पिउनु झन् घटक हुने गर्दछ । यसका साथै यदि हतार हतार रक्सी सेवन गरिएको छ भने पनि त्यो घटक नै हुने गर्दछ ।

महिला हुन्छन् बढी झ्याप
यदि २ देखि ३ प्रतिशत अल्कोहल रगतमा पुगेको खण्डमा यसले स्मरणशक्ति पूर्ण रूपमा निष्क्रिय हुन जान्छ ।
अझ यसमा लिङ्ग र शरीरको तौलले समेत असर गर्ने बुझिएको छ । महिलाहरूमा र शरीरको तौल कम भएका मानिसमा रक्सीको प्रभाव बढी पर्ने हुन्छ ।
रक्सी सेवन गर्ने महिलाहरूको संख्या कम भए पनि उनीहरू चाडैं झ्याप हुन्छन् । यसो हुनुको कारण उनीहरूको शरीरमा बोसो बढी हुनु र अल्कोहललाई पातलो पार्न

पानीको मात्रा कम हुनु हो । २०१७ को एउटा रिपोर्ट अनुसार पुरुषहरूको तुलनामा महिलाहरू तीन प्याग कम लिँदा पनि अचेत हुने गरेका छन् ।

तर २०१५ मा गरिएको एउटा अनुसन्धानले त पुरुषको तुलनामा एक प्याग कम लिँदा पनि महिलाहरूमा अचेत हुने सम्भावना १३ प्रतिशत बढी हुन्छ ।

किशोरावस्थामा बढी हुन्छ जोखिम

शोधहरूबाट के कुरा पनि पत्ता लागेको छ भने यसमा अनुवांशिक गुणहरूको समेत भूमिका महत्वपूर्ण रहन्छ । विशेष गरेर जसका आमाहरूलाई बढी रक्सि लाग्ने गर्दछ तिनका छोराछोरीमा समेत यो समस्या देखिनु सामान्य मानिन्छ । यसको अर्थ अल्कोहोलले मस्तिष्कमा पार्ने असरमा आनुवंशिक अन्तरको महत्वपूर्ण भूमिका रहेको छ ।

मुसामा गरिएको प्रयोगबाट के खुलासा भएको छ भने अत्यधिक मदिरापानले मस्तिष्कमा कयौं परिवर्तनहरू आउन सक्छन् ।
किशोरावस्थामा मस्तिष्क र शरीर आफूलाई बलियो पर्ने कोसिसमा रहेका हुन्छन् । यस्तो अवस्थामा मदिराले शरीर र मस्तिष्क दुबैमा नकारात्मक आसर पार्ने हुन्छ ।

मस्तिष्कको फ्रन्टल लोबु २५ वर्षसम्मको उमेरमा विकसित भइसक्छ । विशेष गरेर किशोरावस्थामा यसमा तीव्र गतिले विकास हुने भएकाले यस अवस्थामा मदिरा सेवनले धेरै नकारात्मक असर पार्न सक्छ ।

जोखिम अनुभूत गर्ने क्षमतामा ह्रास

मदिरापान गरेर अचेत हुने र नसामा भएको बेलाको कुरा बिर्सिने महिलाहरूको यौन व्यवहार समेत बदलिने र उनीहरूलाई सामान्य अवस्थामा आइसकेपछि यस कुरामा पछुतो हुने समेत बताइन्छ ।

तथ्यांक हेर्ने हो भने शारीरिक हिंसाको शिकार भएका महिला नसाको अवस्थामा सजिलै फेरि यस्ता प्रकारका हिंसामा पर्न सक्छन् । यसको प्रमुख कारण नसाको अवस्थामा मस्तिष्कले खतराको अनुभूति गर्न नसक्नु र मस्तिष्कको निर्णय गर्ने क्षमतामा कमी आउनु हो ।
मदिरापान गरेपछि

ब्ल्याकआउटु हुनु भनेको आँखा चिम्म गरेर अचेत हुनु भने होइन । यो भनेको मस्तिष्क सुन्न हुनु र सोच्ने क्षमता बाँकी नरहनु हो । यस्तोमा मानिस हेर्दा सामान्य लागे पनि उसको मस्तिष्क नयाँ जानकारी जम्मा गर्न सक्दैन ।

यस्तो छ उपचारविधि

अमेरिकाको मिसौरी विश्वविद्यालयकि मनोवैज्ञानिक मेरी(बेथका अनुसार प्रविधिको सहायताबाट ब्ल्याकआउटको समस्यालाई ठिक पर्न सकिन्छ ।
उनले धेरै पूर्व सैनिक र विश्वविद्यालयका छात्रहरूमाथि यसको प्रयोग पनि गरेकी छिन् र उनी यसलाई ुपर्सनालिटी नर्मेटिभ फिडब्याकु भन्छिन् । अनलाइन प्रश्नपत्रका माध्यमले मानिसहरूलाई उनको मदिरापान सम्बन्धी बानीको अध्ययन गरिन्छ र तदनुरूप उनलाई काउन्सिलिङ द्वारा उपचार गरिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!