आगलागीमा ५ वर्षीया बालिकाको मृत्यु

जुम्ला, साउन १० । जिल्लाको चन्दननाथ नगरपालिका-२ का कर्णप्रसाद कुमाईंको घरमा आगलागी हुँदा पाँच वर्षकी कृष्मा कुमाईंको ज्यान गएको छ ।

राति घरमा आगो लाग्दा कर्णप्रसादकी पाँच वर्षकी छोरी कृष्माको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । आगलागीबाट झण्डै २४ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!