३ हजार मेगावाट बिजुली उत्पादनका लागि १६ आयोजना छनोट

काठमाडौँ, १२ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले तीन हजार मेगावाट बिजुली उत्पादन गर्ने गरी मन्त्रालयले १६ आयोजनाको छनोट गरिसकेको बताएका छन् ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चाैथो वार्षिकोत्सवको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उने यस्तो बताएका हुन् । मन्त्री अनन्तले सरकारले छनोट गरेका सबै आयोजनामा नाफा सुनिश्चित हुने दाबी गरे । उनले विद्युत् सेवा सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउनुपर्नेमासमेत जोड दिए ।

नांगो तार र काठको पोलका कारण करेन्ट लागेर मृत्यु हुने र घाइतेको संख्या बढिरहेको भन्दै मन्त्री पुनले यसमा गम्भीर बन्न सम्बन्धित निकायलाई निर्देशन दिए । काठका पोल बिस्थापित गर्न तीन अर्ब रुपैयाँ बजेट आवश्यक रहेको भन्दै उनले त्यसको प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लैजाने बताए ।

“वर्षायाममा काठको पोलका कारण दुर्घटना धेरै भइरहेको छ, काठका पोल विस्थापित गर्ने बारेमा मैले प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेको छु, उहाँले मलाई अनुमति दिइसक्नुभएकाले यो प्रक्रिया छिट्टै अघि बढ्छ”-मन्त्री पुनले भने। उनले यसका लागि बजेटको समस्यासमेत नभएको बताए ।

मन्त्री पुनले गुणस्तरीय काम भए-नभएको बारेमा अनुगमन गर्न समेत कर्मचारीलाई निर्देशन दिए । समयमै काम सक्न अनुगमनलाई प्रभावकारी बनाइनुपर्नेमा उनले जोड दिए । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!