आयल निगमका कर्मचारीलाई ३ अर्ब बोनस !

काठमाडौं, १२ साउन । सरकारले गत तीन आर्थिक बर्षदेखि आयल निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले भने सो शीर्षकमा रकम छुट्याउन छाडेको छैन । अहिले निगममा बोनस बाँड्न छुट्याएको रकम करिब तीन अर्ब रुपैयाँ पुगेको छ ।

निगमको शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक बर्ष ०७३-७४ मा ७७ करोड रुपैयाँ बोनस उल्लेख गरेको लेखापरीक्षणमा प्रतिवेदन पारित गरेसँगै कर्मचारी बोनस शीर्षकमा रकम दुई अर्ब ९३ करोड ७६ लाख रुपैयाँ जम्मा पुगेको हो ।

इन्धन कारोबारमा एकाधिकार पाएको निगमले खुद मुनाफाबाट बोनस शीर्षकमा रकम विनियोजन गर्दै अएको छ । बोनस रकम विनियोजन गरे पनि वितरण भने गरेको छैन । उपभोक्तासँग पेट्रोलियमक पदार्थमा चर्को मूल्य असुलेर निगमले नाफा कमाएको हो । नागरिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!