मौकामा चाैका हानाैं है : फेरि बजारमा सुनको भाऊ सस्तियो !

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेरसुन प्रतितोला मूल्य ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार २०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमाकारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइतबारझैं सोमबार पनि चाँदी चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सुनको भाऊ बढ्यो, चाँदीको स्थिर !
%d bloggers like this: