किन हुन्छ न्यून रक्तचाप, यस्ता छन् असर र बच्ने उपाय

रक्तवाहिनी नलीमा रक्तप्रवाह हुँदा नशाको भित्तामा पर्ने दवाब लाई रक्तचाप भनिन्छ । एउटा वयस्क र स्वस्थ्य व्यक्तिको शरीरमा यसको मापन गर्दा माथिल्लो अंक १२०/१२५ र तल्लो अंक ७५/८० देखिन्छ । माथिल्लोलाई सिस्टोलिक र तल्लोलाई डायस्टोलिक रक्तचाप भनिन्छ । यसलाई पारो (मर्करी)सँग तुलना गरेर मिलीमिटरमा नापिन्छ । मुटु खुम्चँदा रगत मुटुबाट बाहिर हुत्तिन्छ र त्यो बेला नशाको भित्तामा बढी दवाव पर्दछ जसलाई सिस्टोलिक भनिन्छ र मुटु फुक्दा रगत मुटु भित्र तानिन्छ र त्यो बेला नशाको भित्तामा सबैभन्दा कम दवाब पर्दछ, जसलाई डायस्टोलिक भनिन्छ ।

रक्तचाप लेख्दा शुरुमा सिस्टोलिक र पछि डायस्टोलिक लेखिन्छ । दुई रक्तचापका बीचमा छड्के धर्सोले छुट्ट्याइन्छ । यही हिसाबले सामान्य रक्तचाप लाई १२०/८० भनिएको हो । यदि रक्तचाप निरन्तर रूप मा १२०/८० भन्दा कम अर्थात् ९०/६० वा त्यो भन्दा कम भयो भने तेसलाई न्यून रक्तचापको समस्या का रूपमा हेरिन्छ । लामो समय देखि बिस्तारै कम हुँदै गएको भन्दा एक्कासि तल झरेको अवस्था चिन्तनीय हो ।

न्यून रक्तचाप अर्थात् हाइपोटेन्सनलाई प्रायजसो उच्च रक्तचाप लाई झैं गम्भीर समस्याका रूपमा हेरिँदैन । तर पनि निरन्तर रक्तचापमा न्यूनता हुनु र त्यसले दैनिक क्रियाकलापमा प्रभाव पार्नु एउटा गम्भीर समस्या हो ।

सानो उमेरमा रक्तचाप न्यून हुनु त्यति चिन्ताको विषय नभएपनि प्रौढावस्थामा रक्तचाप न्यून हुँदा मुटु, मस्तिष्क जस्ता शरीर का महत्त्वपूर्ण अङ्गहरुमा रगतको पर्याप्त आपूर्ति हुन सक्दैन र विभिन्न समस्या देखा पर्न थाल्छन् । रगत को आपूर्ति कमी हुनु भनेको अक्सिजनदेखि लिएर अन्य पोषक तत्त्वको आपूर्तिमा कमी हुनु हो ।

कारण

न्यून रक्तचाप हुनुका पछाडि मुटुको गम्भीर रोग वा फोक्सोको समस्या जिम्मेवार हुन सक्छ ।

शरीरमा रगतको कमी हुनुले पनि रक्तचापमा न्यूनता आउन सक्छ ।

डिहाइड्रेशन अर्थात् शरीरमा पानीको कमीले पनि रक्तचापमा कमी आउँछ ।

सम्बन्धित् समाचार  महिलाले दिनहुँ हस्तमैथुन गर्दा के हुन्छ ?

कुनै खाइरहेको औषधिको साइड इफेक्टले पनि रक्तचाप एक्कासि तल झर्न सक्छ ।

आन्तरिक रक्तस्राव, चिन्ता, डर आदि पनि न्यून रक्तचाप का लागि जिम्मेवार हुन सक्छन् ।

सुतेको बेलामा रक्तचाप कम हुन्छ ।

खाना खाएपछि पनि केही समय रक्तचाप कम हुने गर्छ ।

दिसापिसाब पश्चात् पनि रक्तचाप घट्ने गर्दछ ।

लक्षण

सामान्यतया हल्का न्यून रक्तचाप हुँदा लक्षणहरु देखिँदैनन् र त्यसलाई समस्याका रूपमा पनि हेरिँदैन तर रक्तचाप बढी नै न्यून हुन गयो भने केही लक्षणहरु देखिन सक्छन्  . उच्च रक्तचाप भएकालाई लगातार टाउको दुख्ने (खास गरी पछाडिको भागमा), रिङ्गटा लाग्ने, चाँडै रिस उठ्ने, छाती दुख्ने, चक्कर लाग्ने, कान बज्ने, दृष्य धमिलिने, सास बढ्ने, निन्द्रा नलाग्ने, नाथ्री फुट्ने, सामान्य काम गर्दा पनि दम बढ्ने र विश्रामको अवस्थामा पनि मुटु ढुकढुक गरेको थाहा पाइने जस्ता लक्षण देखिन्छन् ।

चक्कर लाग्नु ।

टाउकोको पछिल्लो भाग गरुङ्गोृ भएको महसूस हुनु ।

हातगोडा चिसा हुनु ।

छाला को रंग रगत नभएको जस्तो देखिनु ।

छिटोछिटो तर सुस्त किसिम को श्वासप्रश्वास हुनु ।

अत्यधिक कमजोरीको अनुभव हुनु ।

आँखा अगाडी अँधेरो छाउनु वा धमिलो देख्नु ।

नाडी को गति छिटो हुनु ।

केही क्षण का लागि बेहोश जस्तो हुनु ।

न्यून रक्तचापको निदान

न्यून रक्तचाप भएको हो वा होइन भन्ने जान्नका लागि विभिन्न पोजिशनमा बिरामीको रक्तचाप नापेर हेरिन्छ । रक्तचाप नाप्नेका लागि स्फिग्मोम्यानोमिटरको प्रयोग नै सबैभन्दा भरपर्दो मानिएको छ । यदि बिरामीमा न्यून रक्तचापका लक्षणहरु देखिएका छन् र उसको रक्तचाप मापन गर्दा पनि ९०/६० वा त्यो भन्दा कम देखियो भने ऊ न्यून रक्तचापको शिकार भएको स्पष्ट हुन्छ । तेसपछि रक्तचाप किन कम भयो भन्ने जान्नका लागि निम्न परीक्षण गर्नु पर्दछ –

सम्बन्धित् समाचार  यी हुन सखर खाँदा हुने फाइदा

रगतमा हेमोग्लोबिन, सोडियम तथा पोटाशियमको मात्रा ।

शरीरमा रगत को मात्रा को जाँच ।

मुटु तथा फोक्सोको जाँच । मुटुको भल्भमा खराबी आउनाले पनि रक्तचाप अनियन्त्रित हुन सक्छ ।

तत्कालीन उपचार

रक्तचाप न्यून भएको पाइयो भने तत्कालै अपनाउनु पर्ने केही सावधानीहरु एसप्रकार छन् –

तुरुन्तै बस्ने वा सुत्ने ।

मुट्ठी कस्ने र फुकाउने तथा खुट्टा हल्लाउने जस्ता शरीर लाई क्रियाशील बनाउने व्यायाम गर्ने ।

नून चिनीपानी वा कालो चिया पिउने ।

पिसाब लगाउने औषधिको सेवन ले पनि रक्तचाप घट्ने हुँदा त्यो पनि बन्द गर्ने ।

यदि उच्च रक्तचापको सेवन गरिरहेको भए सो बन्द गर्ने ।

उपचार

न्यून रक्तचापको उपचार गर्दा मुख्यतः न्यून रक्तचाप हुनुको कारण पत्ता लगाएर उपचार गर्ने प्रयास गरिन्छ । द्वितीय उच्च रक्तचाप नियन्त्रण गर्नको लागि यसका कारण पत्ता लगाएर आवश्यक उपचार विधि अपनाउनुपर्ने हुन्छ । प्राथमिक उच्च रक्तचाप भएकाले जीवनशैली परिर्वतन गर्ने तथा मुटुरोग विशेषज्ञको परामर्शमा रक्तचाप नियन्त्रक औषधि खानुपर्ने हुन्छ । जीवन शैली परिवर्तन नगरी औषधि मात्र लिँदा पनि रक्तचापलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न सकिएको छैन ।

शरीरमा पानीमात्रा कम हुन नदिन रग मा सोडियम, पोटाशियम, क्याल्सियम जस्ता पानी रोकेर राख्न सक्ने गुण भएका तत्त्वहरु बढाउने कुरा सेवन गराउने ।

विभिन्न किसिमका शारीरिक व्यायामहरु गर्ने ।

खानेकुरामा नूनको मात्रा बढाउने ।

एकैचोटि धेरै खानु भन्दा थोरै थोरै तर धेरै पटक खाने बानी बसाल्ने ।

रक्तचाप बढाउने खालका औषधिहरुको सेवन गराउने ।

धूमपान तथा मद्यपान त्याग्न लगाउने ।

 

भोजन व्यावस्थापनः
उच्च रक्तचापबाट बच्नका लागि भोजन व्यवस्थापनको ठूलो महìव छ । भोजनको मात्रा भोज्य पदार्थको छनोट व्यक्तिको प्रकृति, विकृति (रोग), बल, वय (उमेर), सत्व (मानसिकता) आदिको आधारमा हुन अति आवश्यक छ ।
१.    उच्च रक्तचाप भएकाले नुन तथा सोडियमयुक्त खाद्य पदार्थको पहरेज गर्नुपर्छ । दैनिक दुई ग्राम भन्दा ज्यादा नुन नखाने ।
२.    रक्सी तथा अन्य अल्कोहोलिक पेय पदार्थको सेवन गर्नुहँुदैन ।
३.    घिउ, नौनी, छाली, वटर र बोसो जस्ता जङ्गम स्रोतबाट पाइने चिल्लो पदार्थको सेवन गर्नु हुँदैन । सकेमा तेल रहित पाककला सिकेर तेल रहित खानेकुरा खाँदा राम्रो ।
४.    उच्च रक्तचाप भएकाले पूर्ण शाकाहारी हुन जरुरी छ ।
५.    नदेखिने चिल्लो पदार्थका स्रोतहरू बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलीय फल खानु हँुदैन ।
६.    तौल ज्यादा भएकाले कम क्यालोरी भएका खाना खानु पर्दछ ।
७.    पेटभरी ठुसी–ठुसी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नु पर्छ भने चौथाइ भाग वायु संचरणका लागि खाली छोडिदिनु पर्छ ।
८.    अजिनोमोटो, सोडियम वाइकार्बोनाइड र सोडियमबेन्जोएट जस्ता बेकिङ पाउडरको प्रयोग मुटु तथा रक्तचाप मैत्री होइन ।
९.    खानामा रेसा र चोकरयुक्त खाद्यान्नको समायोजन हुन जरुरी छ । मदिरा सेवन गर्ने वानी छ भने त्यसलाई आजैबाट हटाउनु पर्छ । मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ । हरेक १० ग्राम रक्सि पिउदा तपाईको प्रेस १ एमएमएचजीले बृद्धि हुन्छ । तर न्यून रक्तचाप छ भन्दैमा मदिरा पिउने वानी भने बसाल्नु हुँदैन । अत्यधिक अल्कोहलको मात्राले डिहाइडे«सन ल्याउछ र झन् रक्तचापको मात्रा घट्छ ।  प्रर्याप्त मात्रामा पानी पिउनुपर्छ । यसो गर्नालेउ रक्त प्रबाह सशक्त र तीब्र हुन्छ । शरीरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भएमा जोगिन सकिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: