आहा कति मज्जा ! आजपनि घट्यो सुनचाँदीको भाऊ

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा फेरि सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला मूल्य ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, केही सातादेखि लगातार स्थिर रहेको चाँदीको मूल्य मंगलबार भने पाँच रुपैयाँले घटेको छ ।

सोमबार चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो मंगलबार घटेर ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  फेरि सुनको मूल्य चार सयले बढ्यो
%d bloggers like this: