तन बुढाे भएपनि मन बुढाे नभएका यी वृद्ध, ६३ वर्षमा पनि ५ प्रेमिका

नयाँ दिल्ली । ‘तन बुढो भएपनि मन बुढो हुँदैन’ भन्ने उखान भारतको राजधानी नयाँ दिल्लीमा बस्ने ६३ वर्षीय बन्धुसिंहको हकमा गज्जबले चरितार्थ भएको छ।

उमेरले नेटो काटिसकेका भनिएका यी वृद्धका पाँच-पाँचवटा प्रेमिका रहेका छन् र उनले चोरी गरेर आफ्ना प्रेमिकाहरूको खर्च व्यहोर्ने गरेका छन् ।

नयाँ दिल्लीको आनन्द पर्बत भन्ने स्थानमा बस्ने यी वृद्ध पछिल्लो शुक्रवार दिल्लीको ‘सराय रोहिल्ला औद्योगिक क्षेत्रस्थित एक फ्याक्ट्रीमा चोरी गर्ने क्रममा पक्राउ परे। फ्याक्ट्रीबाट ल्यापटप, एलइडी  र नगद चोरी भएपछि स्नुसंधान्को क्रममा सिसिटिभी फुटेज जाँच गर्दा उनी पक्राउ परे र खुल्न गयो उनको सोखको रहस्य।

प्रहरीका अनुसार बन्धुसिंहका पाँचवटा प्रमिका रहेका छन् र उनी ती सबैको खर्च पुरा गर्न चोरीको सहायता लिने गर्दछन्।

उक्त क्षेत्रमा भएका चोरीका चारवटा घटनाहरूमा प्रहरीको खोजीसूची मा रहेका यी वृद्ध पक्राउ परेपछि  उनी कयौं महिलाहरूसंग सम्बन्धमा रहेको र त्यसको खर्च चलाउन उनले पेसेवर रूपमा नै चोरी अपनाएको खुल्न आएको छ।

अनुसन्धानका क्रममा हालसम्म अविवाहित रहेका बन्धुसिंहका कुनै समय ११ वटा प्रेमिका रहेको बुझिएको छ।  हाल उनका प्रेमिकाका रूपमा रहेका महिलाहरूमध्ये धेरै ३० मुनिका रहेको बुझिएको छ।

सम्बन्धित् समाचार  एयर होस्टेसले लगाएको लुगा यस्तो परेपछि

एजेन्सीहरू

कमेन्ट गर्नुहोस्

%d bloggers like this: