घोर आश्चर्य! गर्भ रहेकै अवस्थामा रहन सक्छ अर्को गर्भ

के गर्भावस्थामा सेक्स गर्दा महिलाहरूमा थप गर्भ रहन सक्छ ? यो प्रश्न सुन्दै अनौठो र वाहियात लाग्ने।  तर यस्तो हुन् सक्छ।  सुन्दै अचम्म लाग्ने यस्तो घटना कहिले काँही घट्न सक्छ।  जैविक अर्थमा यो घटना दुर्लभ हो तर असम्भव भने होइन।

यसरी पेटमा एउटा गर्भ रहेकै अवस्थामा अर्को गर्भ पनि रहने यस प्रकारको अद्भुत घटनालाई चिकित्सा विज्ञानको भाषामा सुपरफिटेसन भनिन्छ।  यस्तो हुनुको प्रमुख कारण पहिलेबाट नै पाठेघरमा एउटा भ्रुण हुर्काइरहेकी महिलाको अण्डाशयबाट अर्को अण्ड उत्सर्जित हुन्छ र पुरुषको शुक्रकीट सँग मिलेर निशेचित हुन पुग्दछ।

जीववैज्ञानिक रूपले यस्तो नहुनुपर्ने हो । किनभने कुनै पनि गर्भवती महिलाले सामान्य अवस्थामा अण्ड उत्सर्जन गर्दैनिन।  मिसिगन इन्स्टिच्युट अफ ओब्स्टेट्रिक्स  एण्ड गाइनेकोलोजीमा कार्यरत चिकित्सक कोनी हेडमार्क भन्छिन्, ” गर्भावस्थाले सामान्य अवस्थामा महिलाको प्रणालीलाई नै बन्द गरेर अण्डोत्सर्जन प्रक्रियालाई नै असम्भव पारिदिन्छ । यसै कारण ‘सुपरफिटेसन’  विशिष्ट र अनौठो घटना मानिन्छ। ”

यस्तो कसरी हुन्छ ?

आजसम्म ‘सुपरफिटेसन’ जस्तो अचम्म लाग्दो घटना कसरी हुन्छ भन्नेबारे कसैले पनि ठोकुवा गरेर केही भन्न सकेको छैन।  तर केही विज्ञहरूका अनुसार यदि पहिलो भ्रुणको निशेचन ढिलो भएको अवस्थामा यस घटनाको सुचना प्रजन प्रणालीको अन्य भागहरूमा नपुगेको खण्डमा यसले हर्मोनहरूको उत्सर्जनलाई रोक्न सक्दैन र फेरी अण्डोत्सर्जन हुन् सक्छ।

तर यसबारेमा थोरै मात्र सुचना र जानकारीहरू प्राप्त भएका छन्।  किन भने आजसम्म लगभग १० वटा यस्ता घटनाहरू मात्र चिकित्सकीय जानकारीमा आएका छन्।

के असर पर्न सक्छ गर्भस्थ शिशुलाई?

यदि पहिले नै गर्भवती रहेकी महिला फेरि गर्भधारण गर्छिन् भने उनले दुवै सन्तानलाई  जन्म त एकै समयमा दिनेछिन् तर तिनीहरूको आकार र भ्रुणको उमेरमा समेत अन्तर हुने भएकाले उनीहरूमा केही गरक भने हुनेछ।  र यस्तो उमेरको अन्तर भने दोस्रो भ्रुण कति समयपछि निशेचित अण्डबाट  बनेको हो भन्ने कुराबाट समेत निर्धारित हुनेछ। झन् अचम्म लाग्दो कुरा त के भने यसरी गर्भवती भएकी महिलाले एकै पटक आफ्नो गर्भमा फरक फरक पिताका सनत समेत हुर्काउन सक्छिन्।

विशेषज्ञहरूका अनुसार टेस्टट्युब प्रविधि (आइभीएफ) प्रविधिमार्फत् सन्तान जन्माउन चाहने महिलाहरूलाई अण्डोत्सर्जन बढाउने खालका औषधि दिइन्छ।  यस्तो अवस्थामा सुपरफिटेसनको घटना हुन् सक्छ। यसको कारण के हो भने यस्ता महिलाहरूको हकमा निशेचन को प्रक्रिया फेलोपियन  ट्युबको सट्टा  टेस्टट्युबमा हुने हुँदा निशेचित डिम्ब महिलाको पाठेघरमा प्रतिस्थापित गरेको केही समयपछि सम्म पनि उनको शरीरको प्रणालीले अण्डोत्सर्जन को प्रक्रियालाई रोक्दैन र यसैबीच अण्ड निष्काशन भयो र पुस्रुश्को शुक्रकीट सँग  मिल्न  गयो भने त्यो पनि भ्रुणको रूपमा विकास हुने सम्भावना रहन्छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!