प्रधानमन्त्री ओलीको आग्रह- अशोकलाई शास्त्रीय संगीत सिकाउनुहोस् (भिडियो सहित)

काठमाडौं, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओली र अहिलेका चर्चित बाल गायक अशोक दर्जीको एक भिडियो युट्युबमा भाइरल भएको छ । हिजो (शुक्रबार) मात्रै अपलोड गरिएको उक्त भिडियो २ दिनमै शनिबार नै युट्युव टेड्रिङको पाँच नम्बरमा पुग्न सफल भएको छ । उक्त भिडियोमा प्रधानमन्त्री ओलीले आधा घण्टा बढि अशोकको प्रस्तुती हेरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो निवासमै अशोकको प्रस्तुती हेरेका हुन् । प्रस्तुती हेरेपछि प्रधानमन्त्री ओलीले अशोकको प्रशंसा गरे । उनले अशोकलाई शास्त्रीय संगीत सिकाउनसमेत उनीसँगै उपस्थित गायक टंक बुढाथोकीलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलले भने, ‘ अशोक बाबुलाई शास्त्रीय संगीतका आलापहरुलाई ध्यानपूर्वक सिकाउनुहोस्, उसमा धेरै प्रतिभा छ ।’ साथै, प्रधानमन्त्री ओलीले अशोकलाई खानेकुरामा ध्यान दिन आग्रह गरे । उनले भने, ‘खाने कुरामा विशेष ध्यान दिनु साथै अबिर र धूलोमा नखेल्नु ।’ प्रधानमन्त्री ओली र अशोकबीचको पूरा कुराकानी यहाँ क्लिक गरे पनि हेर्न सकिन्छ

हेर्नुहोस्, प्रधानमन्त्री ओली र अशोक दर्जीबीचको पूरा कुराकानी 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  अाजदेखि तिहार सुरु, सबैको घरमा रौनक: पहिलो दिन कागतिहार
%d bloggers like this: