कुकुर मार्न ८० लाख सुपारी

बोगोटा, कोलम्बिया । कोलम्बियाका लागू औषध माफियाहरूले एउटा कुकुर मार्नेलाई लगभग ८० लाख नेपाली रुपैयाँ बराबर पुरस्कार दिने घोषणा गरेका छन् । सोम्ब्रा नाम गरेको उक्त जर्मन सेफर्ड प्रजातिको कुकुर कोलम्बिया प्रहरीको हो ।

सोम्ब्राले लागू औषध तस्करहरूलाई समात्न प्रहरीलाई मद्दत गर्न थालेपछि माफियाहरूलाई गाह्रो परेको हो ।

सोम्ब्राले गत दुई वर्षमा लगभग एक अर्बभन्दा बढीको लागू औषधि पक्रिन प्रहरीलाई मद्दत गरिसकेको छ । कोलम्बियाली प्रहरीले सामाजिक संजालमा सोम्ब्रा आफ्नो टीमको सदस्य रहेको र उसले तस्करहरूलाई समात्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै उसको तस्बिर सावजनिक गरेको थियो । सोम्ब्रा गत दुई वर्षदेखि कोलम्बिया प्रहरीसँग रहेको छ ।

दुई वर्ष यता उक्त कुकुरले २ सय ४५ लागू औषध माफियाहरूलाई समात्न प्रहरीलाई सघाइसकेको छ । स्थानीय मिडियाका अनुसार सोम्ब्राले पहिलो चोटिनै कोकिन बोक्दै गरेका लगभग ३ हजार जनालाई समात्न सघाएको थियो ।

गत वर्ष मात्र उसले बेल्जियम लगिँदै गरेको लगभग १ हजार किलो कोकिन सहित थुप्रै तस्करहरूलाई पक्रेको थियो । स्थानीय मिडिया अनुसार त्यहाँका लागू औषधि माफियाहरूले प्रहरीलाई सघाउने कुकुरहरूलाई मार्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्