मधेशमा प्रचण्ड, स्थानीय भाषामा भाषण गर्दा उत्साहित जनता [भिडियोसहित]

बारा, साउन २० ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा पुगेर विभिन्न कार्यक्रममा सहभागि भएका छन् । उनले बारामा १० वटा ऐन तथा कानून सार्वजनिक गरेका थिए । साथै उनले प्रचण्ड पार्कको शिलान्यास, नयाँ भवनको शिलान्यास तथा बाराको कलैया उपमहानगरपालिका–२३ अन्तर्गत भतौंडादेखि चन्द्र मा.विसम्मको ९ किमी सडकको शिलन्यास गरेका छन् ।

सडकको शिलान्यासपछि प्रचण्डले उपस्थित स्थानीय जनसमुदायलाई हिन्दी भाषामा सम्बोधन गर्दा दर्शक उत्साहित बनेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधिले प्रमुख अतिथिले भोजपुरी नबुझ्ने र उपस्थिति जनसमुदायले नेपाली भाषा राम्रो सित नबुझ्ने प्रसंग उठाएका थिए ।

कार्यक्रमको प्रमुख अथितिको रुपमा रहेका अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै आफु भोजपुरी राम्रो सित बुझ्ने तर, बोल्न अलि अप्ठ्यारो हुने बताए । र उनले नेपाली भाषा पनि उपस्थित जनसमुदायले राम्रोसित बुझ्ने दावी गरे ।

उनले आफुले हिन्दी भाषा बोल्दा बुझ्न सजिलो हुने भए आफु हिन्दीमा सम्बोधन गर्ने बताएपछि उनले हिन्दीमा सम्बोधन गरेका थिए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले कलैया उपमहानगरपालिकाको विकास र उन्नतीका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । उनले याे भन्दा अघि अाफु सरकारमा रहेका बेला सडक निर्माणका लागि पहल गरेकाे बताए ।

 

सडक शिलान्यास कार्यक्रम ।कलैया उपमहानगरपालिका,बारा । २०७५ साउन २० गते

Posted by क. प्रचण्ड / Comrade Prachanda on Sunday, 5 August 2018

कमेन्ट गर्नुहोस्

error: Content is protected !!