ऐतिहासिक जितका नायक स्वदेश फिर्ता !

काठमाडौं, साउन २१ । ऐतिहासिक जितका नायककाे टिम अर्थात् नेपाली क्रिकेट टोली आज बिहान नेपाल पुगेको पुगेको छ। नेदरल्याण्डविरुद्धको एक दिवसीय सिरिज बराबरी बनाउदै नेपाली क्रिकेट टोली स्वदेश पुगेको हो । पहिलो पटक एकदिवसीय सिरिज खेलेको नेपाली टोलीलाई त्रिभुवन बिमानस्थलका भव्य स्वागत गरिएको छ ।

आज (सोमबार) बिहान विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले स्वागत गरेका हुन् । नेपालले एक दिवसीय सिरिजको दोस्रो तथा अन्तिम खेलमा १ रनको रोमाञ्चक जित पार्दै सिरिज बराबरी बनाउन सफल भएको थियो । ऐतिहासिक एक दिवसीय खेलमा नेपालले पाएको यो अहिलेसम्मकै ठूलो सफलता र उपलब्धि हो ।

नेपाली टोली डेब्यू एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता र मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डसँगको त्रिकोणात्मक टी-२० क्रिकेट प्रतियोगिताको लागि गएको साउन २ गते युरोप भ्रमणमा गएको थियो । यूरोप भ्रमण अवधिभर नेपाली क्रिकेट टोलीको प्रदर्शन शानदार रह्यो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  राम्रो खेलेर टेस्ट मान्यता लिन आतुर छौं : कप्तान पारस
%d bloggers like this: