कविताः आकाश गंगा

प्रिय आकाश गंगा
तिम्रो छत्र छायामा
एउटा वृक्ष पनि कल्पवृक्ष बन्छ भने
अब यहाँ
वृक्ष रोपण गर्नुको के नै अर्थ रह्यो र ?

मणिकुमार श्रेष्ठ ‘सिजन’

जवानीमा सबैले जोश देखाएकै छन्
तिम्रो गुणगान सबैले गाएकै छन्
तर पनि किन यस्तो हुन्छ ?
प्रिय आकाश गंगा
तिम्रो न्यानो काखमा
एउटा खहरे पनि
बाढी बनी तहस नहस पार्छ भने
मैले बनाएको तटबन्दको
यहाँ के नै अर्थ रह्यो र ?

यहाँ त न्यायालयको न्याय मुर्तिहरुको
प्रमाणपत्र नै नक्कली हुन्छ
अनि शुद्ध कहाँ खोज्छौं तिमी
प्रिय आकाश गंगा
तिम्रो पारी क्षितिजबाट
नियाल्दा लाग्छ
तिमी आफै दर्द पीडामा छौं
म तिम्रो पीडामा
मल्हम पट्टी त लगाउन सक्दिनँ
प्रिय आकाश गंगा
तिम्रो त्यो कोमल हृदयमा
आघात पु¥याउने ती
ती दुष्टहरुलाई गोली ठोक्न मन लाग्छ…… ।

कमेन्ट गर्नुहोस्