ओली र प्रचण्डबीच यस्ताे भयाे सहमति ?

काठमाडौं, साउन २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच समसामयिक विषयमा छलफल भएको छ ।

सोमबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका ओली र अध्यक्षप्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक, पछिल्लो राजनीतिक घटनाक्रमसँगै पार्टीका जनवर्गीय संगठनको एकता टुंगो लगाउने विषयमा छलफल भएको बताइएको छ ।

दुई अध्यक्षबीच मंगलबार पार्टीको सचिवालय बैठक बोलाउने सहमती भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सरकार र पार्टीकाे नेतृत्व आलोपालो : प्रचण्ड
%d bloggers like this: