कविताः के को रमिता हो ?

मणिकुमार श्रेष्ठ ‘सिजन’

खैं कुन्नी के को रमिता हो यो
कसैलाई थाहा छैन यहाँ
सबै लुट्ने र भुट्ने सिवाय
केही छैन बाँकी यहाँ

जसको शक्ति उसको भक्ति
निर्धाको भयो यहाँ दुर्गति
थाहै छैन यो कस्तो चाल हो ?
खै कुन्नी के को रमिता हो यो
हुने खानेलाई जताततै
गरीबले भोग्नुपर्ने भो यो नियती

चिउँला सबै फुलिसके
जंगल यहाँ उजाड हँुदैछ
उकाली ओरालीमा नै बित्ने भो
यो दुःखी जीवन
खै कुन्नी के को रमिता हो यो
जताततै अन्यायले ढाक्दै छ
न्याय माग्न कहाँ जाऊ ?

मन्दिरै मन्दिरको शहर छ यहाँ
तर, नैतिकता भने गुमिसक्यो
कहाँ छ तिम्रो नेपालीपन
वोलन अब त
हे युगका नौजवान
खै कुन्नी के को रमिता हो यो
आफ्नै अस्तित्व मेटिन लाग्दा पनि
अरुकै गोडा मोल्न वाध्य छन्

भनिन्छ नेपाल शान्तिको दुत
गौतम वुद्धको देश हो
त्यही भूमी आज अशान्ति र
आक्रान्तको पीडाले जलिरहेको छ
उठौ ंन साथी जुटौं न अब
देशको विकास मिलेर गर्नलाई
खैं कुन्नी के को रमिता हो यो
आफ्नै भूमि मिचिदाँ पनि
सहेर बस्नुपर्ने यो कस्तो नियती भो ?

साल्पासिलिछो, भोजपुर

कमेन्ट गर्नुहोस्

error: Content is protected !!