सन्जूपछि रणवीरको पारिश्रमिक दोब्बर !

मुम्बई, साउन २२ । सञ्जयदत्तको जविनीमा आधारित रणवीर कपुर अभिनित फिल्म सन्जूले बक्सअफिसमा रेकर्ड ब्रेक कमाइ गरेको छ । सन्जूले एकपछि अर्को गर्दै यसअघिका धेरै रेकर्ड ब्रेक गर्दै चमत्कारिक व्यापार गर्यो ।

जसले फिल्म निर्मातादेखि कलाकार त खुसी छँदैछन्, त्यो भन्दा धेरै रणवीरको करिअरमा पनि ठूलो उपलब्धी दिलाएको छ । अहिले रणवीरको अभिनयको त सर्वत्र प्रशंसा भइरहेको छ । साथै रणवीरले आफ्नो पारिश्रमिकमा दोब्बरले वृद्धि गरेका छन् ।

विगतमा रणवीरले एउटा विज्ञापनमा काम गरेबापत साढे ४ करोडभन्दा बढी लिने गरेका थिए भने अहिले उनले आफ्नो पारिश्रमिक ९ करोड पुर्‍याएका छन् ।

उनले केही समयअघि मात्र एउटा विज्ञापनका लागि ९ करोड लिएको बताइन्छ । भनिन्छ, रणवीरले चलचित्रको पारिश्रमिकसमेत वृद्धि गरेका छन् । उनी चाँडै आफ्नी गर्लफ्रेन्ड आलिया भट्टसँग चलचित्र ब्रह्मास्त्रमा देखिँदैछन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  विश्व हाँसाे दिवस : यी तस्बिर हेरर मज्जाले हाँसौं !
%d bloggers like this: