अाज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं । साताको मंगलबार र बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा अझैसम्म यथावतै रहेको छ ।

महिलाहरुको महान् चाड हरितालिका तीजका लागि नेपाली बजारमा सुनको मूल्य सस्तिदाँ सुन खरिदका लागि सुन पसलहरुमा महिलाहको निकै भीड देखिएको छ।

मंगलबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५६ हजार एक सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, केही सातादेखि चाँदीको भने कुनै परिवर्तन आएको छैन ।

मंगलबार चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७३५ रुपैयाँमै कायम रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!