‘श्रीफुल चाहियो भन्छे’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन २३ । प्रकाश ढकाल र कमल कुँवरको संयुक्त प्रस्तुति तीज कोशेली ‘श्रीफुल चाहियो भन्छे’ बजारमा आएको छ । स्वाभिमान क्रिअशनले गीतलाई बजारमा ल्याएको हो ।

शिव ढकाल को शब्द, प्रकाश ढकालको लय रहेको गीतमा ऋतु थापा, कमल कुँवर र प्रकाश स्वयको आवाज रहेको छ । अविरल फिल्म्सले निर्माण गरेको भिडियोमा बिष्णु भट्टराईको निर्देशन, छायांकन तथा सम्पादन रहेको ।

तीजको बेलैमा आफ्नो मायालुले आफुसंग गरगहना चाहियो भनेर गुनासो पोखेका कथा व्यथा गीतमा रोचक तरीकाले प्रस्तुत गरिएको छ । भिडियोमा सुमन पौडेल र पबी बिश्वकर्माले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  रेखाको रुद्रप्रियालाई १६ वर्ष मुनिकाले एक्लै हेर्न नपाइने, पायो पिजी सर्टिफिकेट
%d bloggers like this: