सीपीएलः आज क्रीस गेलको कप्तानीमा सन्दिप खेल्दै

काठमाडौं, साउन २४ । आजदेखि क्यारेबियन प्रिमियर लिग (सीपीएल) सुरू हुँदैछ। ६ टिमले सहभागीता जनाउने प्रतियोगितामा आज नेपाली युवा स्पिनर सन्दिप लामिछानेले पनि खेल्दैछन्।

खेल नेपाली समयअनुसार राति ११ः४५ बजे गुएनामा हुनेछ। प्याट्रिओट्सले प्रतियागिताको दोस्रो खेल अन्तर्गत गुएना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गर्ने छ । सन्दिप स्टार क्रिकेटर क्रीस गेलको कप्तानीमा रहेको सेन्ट नेभिस एण्ड प्याट्रिओट्सबाट खेल्ने छन् । उनलाई प्याट्रिओट्सले ५ हजार डलरमा अनुबन्ध गरेको हो।

कमेन्ट गर्नुहोस्