सीपीएलः पहिलो बलमै सन्दिपले लिए विकेट[LIVE]

काठमाडौं, साउन २५ । क्यारेबियन प्रिमियर लिगको दोस्रो खेल जारी छ । अहिले नेपाली ल्ग स्पिनर सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स र गुयना एमेजन वारियर्स खेल भइरहेको छ । प्याट्रियट्सले ब्याटिङ गरिसकेको छ ।

१४७ रनको लक्ष्य पाएको वारियर्सको २ ओभरको खेल सकिदा २ विकेट गुमाइ सकेको छ । २ विकेट झार्नमा नेपाली युवा सन्दिपको ठूलो हात रह्यो । उनले दोस्रो ओभरको पहिलो बलमा विकृट लिन सफल भए ।

यसअघिकप्तान क्रीस गेलको उत्कृष्ट प्रदर्शनसंगै सन्दीप सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिगको आफ्नो पहिलो खेलमा १४७ रनको लक्ष्य दिएको छ ।

आज बिहान ३ः४५ बजेदेखि सुरु भएको खेलमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै उसले गुयना एमेजन वारियर्सलाई १४७ रनको लक्ष्य दिएको हो । प्याट्रियट्सलागि कप्तान क्रीस गेलले उत्कृष्ट प्रर्दशन गरे । उनले ६५ बलमा ८६ रन बटुले । गेलले ५ छक्का र ७ चौकाको मद्दतमा ८६ रन बनाउन सफल भए । अन्य बयटसम्यानको भने प्रदर्शन खासै राम्रो रहेन । बलिङका गुयनाका बण्डेलाले २ विकेट लिए ।

लाइभ खेल हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपाली युवा सन्दीपलाई प्याट्रियट्सले लन्डनमा भएको अक्सनबाट ५ हजार अमेरिकी डलरमा खरिद गरेको थियो। युरोप भ्रमणमा रहेको नेपाली टोलीका सदस्य सन्दिप सिपीएलको लागि नेदरल्याण्डबाटै वेष्ट इण्डिज गएका थिए। सीपीएलकै दौरान सन्दीप आगामी अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने एसिया कप छनोट खेल्न आउनेछन्।

६ खेलपछि मलेसिया आउने सन्दिप आफ्नो टोली प्ले अफ पुगेमा उनी फेरि मलेसियाबाट क्यारेबियन लाग्नेछन्।

इन्डियन प्रिमियर लिगमा ९आईपीएल०को ११ औं संस्करणमा दिल्ली डेयरडेभिल्सबाटखेल्दै ३ खेलमा ५ विकेट लिएका सन्दीपले विश्व एघारबाटसमेत खेलेका थिए। यस्तै अघिल्लो महिना ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाटसमेत खेलेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!