सीपीएलः पहिलो खेलमा सन्दिप आवद्ध प्याट्रियट्स पराजित

काठमाडौं, साउन २५ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स पराजित भएको छ । प्याट्रियट्स गुयना एमेजन वारियर्ससंग ६ विकेटले पराजित भएको हो ।

टस हारेर बलिङको मौका पाएको उसले १४७ रनको विजयी लक्ष्य पाएको थियो । वारियर्सले १२ बल अगावै उक्त लक्ष्य पूरा गर्यो । ४ विकेटको क्षतीमा उसले उक्त लक्ष्य पूरा गरेको हो । वारियर्सका लागि सिमरोन हिटमेरको उत्कृष्ट प्रदर्शन रह्यो । उनले नट आउट ७९ रन बनाए । बलिङमा प्याट्रियट्सका सन्दिप लामिछाने र सेल्डोनले समान २-२ विकेट लिए ।

यसअघिकप्तान क्रीस गेलको उत्कृष्ट प्रदर्शनसंगै सन्दीप सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले १४७ रनको लक्ष्य दिएको छ । आज बिहान ३ः४५ बजेदेखि सुरु भएको खेलमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै उसले वारियर्सलाई १४७ रनको लक्ष्य दिएको थियो ।

प्याट्रियट्स लागि कप्तान गेलले उत्कृष्ट प्रर्दशन गरे । उनले ६५ बलमा ८६ रन बटुले । गेलले ५ छक्का र ७ चौकाको मद्दतमा ८६ रन बनाउन सफल भए । अन्य ब्याट्सम्यानको भने प्रदर्शन खासै राम्रो रहेन । बलिङमा गुयनाका बण्डेलाले २ विकेट लिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!