अब पासपोर्ट ६ प्रकारका

काठमाडौं, साउन २५ । सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक (रातो), विशेष (निलो), साधारण (हरियो) र यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट (कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ ।

सरकारले संसदमा पेश गरेको रहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रसताव गरेको छ । थपिने दुई प्रकारका राहदानीमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन् । कान्तिपुरमा खबर छ ।

विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई ‘सर्भिस पासपोर्ट’ दिने व्यवस्था गरिएको छ । पानीजहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसँगै ‘सिम्यान्स पासपोर्ट’ का रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!